बागलुङ प्रदेश 'ख' मा राष्ट्रिय जनमोर्चा निर्वाचित
बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती निर्वाचित भएका छन् ।
घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गरेका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ८,६२४ मत प्राप्त गरेका छन् ।
बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् ।
सबै क्षेत्रको अन्तिम मत परिणाम भोलि बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । काँग्रेसले भने एक्लै चुनाव लडेको थियो ।