विश्व क्रिकेट लिगमा नेपालको खराब प्रदर्शन
आठ मध्ये सातौं स्थानमा रहँदै नेपालले आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पीयनसीप टुङ्ग्गाएको छ । २२ मंसीरमा युएईसँग पराजित भएपछि नेपाल सातौं स्थानमा पुगेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपाल युएईसँग ६३ रनले पराजित भएको हो । ५ विकेट गुमाउँदा जम्मा ३९ रन जोडेको युएईले दिएको १९६ रनको चुनौति पछ्याएको नेपाल ४२.२ ओभरमा १३२ रनमा समेटिएको हो ।
नेपाल १४ मध्ये ९ पराजय, एक बराबरी र चार खेल जित निकालेको थियो ।
आगामी फ्रेबअरीमा नामिबियामा हुने डिभिजन २ मा उत्कृष्ट प्रदर्शन गर्न सक्ने हो भने नेपालको विश्व कप छनौटको संभावना भने जीवितै रहनेछ ।