लालबाबु पण्डित दुई हजार मतले अगाडि
मोरङ क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितले अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेटअनुसार पण्डितले १३,०७९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ११,०१६ मत पाएका छन् ।
पण्डित र कोइरालाबीचको मतान्तर २,०६३ रहेको छ ।