झापाका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि, ३ मा सिटौलाभन्दा लिङदेन अगाडि
मतगणनाको प्रारम्भिक नतिजा अनुसार:
झापा १ मा माओबादी उम्मेद्वार राम कार्कीले ३,०५४ मत पाउँदा कांग्रेसका विश्वप्रकाश शर्माले २८१५ मत पाएका छन् ।
झापा २ मा एमालेकी पवित्रा खरेल १,३०९ र कांग्रेसका उद्धव थापाले १,०२८ मत पाएका छन् ।
झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेनले २,३६८ मत ल्याँउदा कांग्रेसका कृष्णप्रसाद सिटौलाले १,९१२ मत पाएका छन् ।
झापा ४ मा एमालेका एलपी साँवाले २,२७९ र कांग्रेसका देउमान थेवेले १,४०२ मत प्राप्त गरेका छन् ।
झापा ५ मा एमालेका केपी ओलीले २,८०० र कांग्रेसका खगेन्द्र अधिकारीले ९०० मत प्राप्त गरेका छन् ।
गोपाल गडतौला, झापा