चैतभित्र स्थानीय निर्वाचन हुनेमा आशङ्का: पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
स्वास्थ्यसम्बन्धी अभियानका क्रममा बाग्लुङ् पुगेका उप्रेतीले निर्वाचनका लागि भएको तयारीप्रति असन्तुष्टि राखेका छन् । “अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको छ, दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुन सक्छ,” उनले भने । "निर्वाचनका लागि आवश्यक कानूनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा उनले जोड दिए ।
निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने उनको धारणा थियो । लोकतन्त्रमा निर्वाचन अनिवार्य भएकाले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने उनले बताए ।
‘नेपाल किड्नी फाउन्डेसन’ ले बागलुङमा आयोजना गरेको मिर्गौला परीक्षण शिविरमा फाउन्डेसनका सल्लाहकार उप्रेती सहभागी भएका हुन् ।
रासस