काठमाडौँ–१० मा केसी र ९ मा श्रेष्ठ अगाडि
काठमाडौं क्षेत्र नं १० को पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।
क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको ८,११९ मध्ये काग्रेसका राजेन्द्रकुमार केसीले ४,०७३ मत प्राप्त गरेका छन् । वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका हितमान शाक्यले २,७७४ मत प्राप्त गरेका छन् ।
काठमाडौँ–१० मा ७१,२०१ मतदाता रहेकामा ७७.३९ प्रतिशत खसेको छ ।
त्यस्तै काठमाडौं क्षेत्र नं ९ को ८,८९९ मतगणना गठबन्धनतर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठले ४,२३२, नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जीतले २,८७८ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४३ मत प्राप्त गरेका छन् ।
काठमाडौँ–९ मा ६७,६५१ मतदाता छन् । यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको छ ।
काठमाडौँ – ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ ।