गुल्मीका दुबै क्षेत्रमा वाम गठबन्धनको अग्रता
गुल्मीको पछिल्लो मत परिणामअनुसार दुबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।
क्षेत्र नम्बर– १ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले १,५५७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र भण्डारीले १,१०३ मत पाएका छन् ।
कांग्रेसका भण्डारीभन्दा ज्ञवाली ४५४ मतले अगाडि छन् । क्षेत्र नम्बर १ मा ७०,६५० मत खसेको छ ।
त्यस्तै क्षेत्र नम्बर–२ मा पनि वाम गठबन्धनका उम्मेदवार गोकर्ण बिष्ट अगाडि छन् । बिष्टले १,६३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका चन्द्र केसीले ७३६ मत पाएका छन् । केसीभन्दा बिष्ट ९०२ मतले अगाडि छन् । गुल्मी क्षेत्र नम्बर–२ मा ५८,०८९ मत खसेको छ ।