कैलाली ५ः मतान्तर घटाउँदै आरजु
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार आरजु राणा तेस्रोबाट दोस्रो खुड्किलोमा उक्लिएकी छन् ।
जारी मतगणनामा एमालेका नारदमुनी रानाले १,१३३ मत प्राप्त गरेका छन् भने कांग्रेसकी राणा ७६७ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राजपाका लक्ष्मण थारुले ७४४ मत प्राप्त गरेका छन् भने विवेकशील साझाका दिनेश भण्डारीले २६ मत प्राप्त गरेका छन् ।
यो परिणाम २,८२५ मत गनिसक्दासम्मको हो ।