चितवन–३ मा पाण्डेको अग्रता, पछ्याउँदै दाहाल
चितवन क्षेत्र नम्बर ३ मा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन् ।
अहिलेसम्म ५ सय मत गणना हुँदा पाण्डेले २७६ मत ल्याएका छन् ।
वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १८६ मत पाएका छन् ।
पाण्डेलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।
चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् ।