रसुवा प्रदेश ‘क’ मा कांग्रेस निर्वाचित
रसुवाको प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा निर्वाचित भएका छन् ।
लामाले ६,९७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका करन्याल तामाङले ५,१५२ मत प्राप्त गरे ।
अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका मोहन आचार्यले ७,६६९ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनबाट एमालेका उम्मेदवार जनार्दन ढकालले ५,२६३ मत प्राप्त गरेका छन् ।