कैलाली ५ मा नारदमुनीको अग्रता, आरजु तेस्रोमा
कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार नारदमुनी रानाले शुरुवाती अग्रता कायम गरेका छन् ।
रानाले ६२४ मत प्राप्त गरेका छन् भने राजपाका लक्ष्मण थारुले ३६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसकी आरजु राणाले ३११ र विवेकशील साझाका दिनेश भण्डारीले १६ मत प्राप्त गरेका छन् ।
कैलाली ५ प्रदेश क
नेपाली कांग्रेस (जीवन राना): ३३७
एमाले (नेपालु चाैधरी) : ६२७
कैलाली ५ प्रदेश ख
नेपाली कांग्रेस (डिल्लीराज पन्त): ६३०
माओवादी केन्द्र (रमेश धामी): ३९१
विवेकशील साझा (प्रकाशचन्द्र भट्ट): १७९