काठमाडौं १० मा कांग्रेसका राजन केसी अगाडि
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
जारी मतगणनामा कांग्रेसका उम्मेदवार राजन केसीले १४५९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले ७९३ मत प्राप्त गरेका छन् ।
मालेका कृष्णकुमार श्रेष्ठले ७५ र विवेकशील साझाका प्रदीप ढकालले ६३ मत पाएका छन् ।