म्याग्दीमा एमालेका थापा निर्वाचित
म्याग्दीको प्रतिनिधिसभा सदस्यमा एमालेका भूपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।
थापाले २३,३०८ मत प्राप्त गरी निर्वाचित भए भने कांग्रेसका खमबीर गर्बुजाले २०,९८० मत प्राप्त गरे ।
यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।