म्याग्दीको प्रदेशसभा क मा माओवादी र ख मा एमाले निर्वाचित
म्याग्दीको प्रदेश सभा सदस्यमा क्षेत्र (क) बाट माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन् ।
वाम गठबन्धनबाट उम्मेदवार केसीले कांग्रेसका भीमप्रसाद गौचनलाई २,५२६ मत अन्तरले पराजित गरेका हुन् ।
केसीले १४,७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२,१७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी प्रदेश सभा सदस्यमा क्षेत्र (ख) बाट एमालेकी नरदेवी पुन १०,८६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
वाम गठबन्धनबाट उम्मेदवार २,८७१ मत अन्तरले कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन् ।
प्रतिनिधिसभा सदस्यको मत गणनामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ ।