दोलखामा वाम गठबन्धनका उम्मेदवारको अग्रता
दोलखामा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार पार्वत गुरुङले १४,३२४ मतका साथ अग्रता लिएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले ५,१७१ मत प्राप्त गरेका छन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता विशाल खड्काले १५,५२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले ३,६५३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभाको क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका पशुपति चौलागाईले ७,०५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका केशव चौलागाईले ३,३८५ र नेकपा मालेका लालकुमार केसीले २०७१ मत प्राप्त गरेका छन् ।
सर्मिला बुढाथोकी, दोलखा