रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा जारी मतगणनामा कांग्रेस उम्मेदवार मोहन आचार्यले अग्रता कायम गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार मोहन आचार्यले ६४७५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनबाट एमाले उम्मेदवार जनार्दन ढकालले ४,२५१ मत प्राप्त गरेका छन् ।
यसैगरी, प्रदेश (क) मा नेपाली कांग्रेसका प्रभात लामाले ५,३११ मत तथा नेकपा एमालेका करन्याल तामाङले ४.३६९ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन ।