३७ मध्ये २९ क्षेत्रमा वाम गठबन्धन अगाडि
पहिलो चरणमा निर्वाचन सम्पन्न प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धनले २९ क्षेत्रमा अग्रता लिएको छ ।
हालसम्म नेपाली कांग्रेसले ४ क्षेत्रमा मात्रै अग्रता लिएको छ ।
परिणाम घोषणा भएका तीन निर्वाचन क्षेत्रमध्ये मनाङ र मुस्ताङमा एमाले निर्वाचित भएको छ भने रुकुम पूर्वमा माओवादी केन्द्र निर्वाचित भएको छ ।
मुस्ताङमा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचन ३,५४४ मतका साथ निर्वाचित भएका छन् । मनाङमा पनि एमालेकै पाल्देन छेपाङ गुरूङ २,३०० मत ल्याई निर्वाचित भएका छन् । रुकुम पूर्वमा माओवादी केन्द्रकी उम्मेदवार कमला रोक्का १०,४३४ मतका साथ निर्वाचित भएकी छन् ।
मतगणना भइरहेका रसुवा, हुम्ला, बाजुरा र ललितपुर क्षेत्र नम्बर ३ मा मात्रै कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
गोरखा २ मा भने नयाँ शक्तिको अग्रता छ ।