समाचारबिहिवार, मंसिर २१, २०७४

मतपेटिका बोकेको गाडीमा बम प्रहार

हिमालखबर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ मतपेटिका बोकेको गाडीमा बम प्रहार भएको छ । 

आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्न मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्षित गरी बम पड्काइएको हो । 

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सो क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको प्रहरीले जनाएको छ ।

बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए । 
रासस

प्रतिकृया दिनुहोस