समाचारबिहिवार, मंसिर २१, २०७४

काठमाडौं, झापा, पर्सा लगायत अधिकांश स्थानमा मतगणना भोलि मात्रै

हिमालखबर

दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएका अधिकांश स्थानको मतगणना भोलिबाट मात्र हुने भएको छ।

मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार, २२ मंसीर बिहानदेखि शुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

भोलि बिहान ६ बजे सर्वपक्षीय बैठक बसेपछि गतगणना शुरु गरिने कार्यालयले जनाएको छ ।

झापामा ६८ प्रतिशत
झापामा ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा ५ लाख ८५हजार १६६ मतदाता छन् । यस हिसावले करिव चारलाख मत खसेको छ ।

२०७० को संविधानसभा र २०७४ असारको स्थानीय तह निर्वाचनमा यहाँ ७२ प्रतिशत मत खसेको थियो ।

जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाका सबै २सय ८३ मतदान स्थलबाट राति ११ बजेसम्ममा मतपेटिका सदरमुकाम चन्द्रगढि पु¥याइने बताएको छ ।

झापामा ति मतदानस्थलमा ६सय ९२ मतदान केन्द्रमा मतदान भएको थियो ।

मतपेटिकाहरु सदरमुकाममा संकलन भएपछि सरोकारवाला पक्षहरुबीच छलफल गरी बिहान सबेरैदेखि मत गणना शुरु गरिने छ ।

पर्सामा ६५ प्रतिशत
पर्सामा पनि मतपेटिका संकलनमा समय लाग्ने भएकाले मतगणना भोलि विहानबाट मात्रै गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ करिब ६५ प्रतिशत मत खसेको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस