समाचारबिहिवार, मंसिर २१, २०७४

मतदान शान्तिपूर्ण र उत्साहजनक (फोटो फिचर)

हिमालखबर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

दोस्रो चरण अन्तर्गत आज पहाडी र तराईका ४५ जिल्लामा मतदान भएको हो ।

आज ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेश सभाका लागि २५६ निर्वाचन क्षेत्रमा मतदान भयो ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको लागि समय तोकेको थियो । तर, ५ बजेभित्र मतदानस्थलमा पुगेर लाइनमा बसेकाहरुले भने तोकिएको समयसीमा पछि पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

कतिपय क्षेत्रमा अहिलेपनि मतदान जारी छ ।

तस्वीरहरुः बच्चु विक, दीपक ज्ञवाली, सुरेश बिडारी, जियालाल साह र श्याम गुप्ता

प्रतिकृया दिनुहोस