३ बजेसम्म ५७ प्रतिशत मतदान
निर्वाचन आयोगले जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान भएको जनाएको छ ।
आयोगकाअनुसार अहिले देशभर शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।