मकवानपुरमा बस दुर्घटनाः दुईजनाको अझै सनाखत भएन
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी उदयपुर त्रियुगा नगरपालिका १० का बिनोद चौधरी (२५), सोही स्थानका मणिरत्न चौधरी (१०), झापा तोपगाक्षी ९का लक्ष्मी प्रसाद अधिकारी (३९), बारा सिंगोलका बिशाल धामी (२१), उदयपुर गाईघाट ८ की मुस्कान चौधरी (३), उदयपुर भुट्टार ९ का भेनिसा तामाङ (३०), ठेगाना नखुलेको अन्दाजी २७ वर्षीय सन्तोष चौधरी, नामथर वतन नखुलेको अन्दाजी ३५÷४० वर्षको पुरुष र नामथर वतन नखुलेको अन्दाजी ४०÷४२ को पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।
घटनामा परी घाइते भएकाहरुको चुरेहिल अस्पतालमा हेटौडामा उपचार भईरहेको छ ।
घटनामा परी सप्तरी कन्चनपुर नगरपालिका ६ कन्चनपुर रंजित कुमार पासवान (२२), सप्तरी गगनपुर ६ कन्चनपुरका देवी खातुन (३३), सप्तरी गगनपुर ४ कन्चनपुरका प्रदीप कुमार पासवान (२७), सप्तरी गगनपुर ५ का भुवनेश्वर यादव (३०), सप्तरी घोगनपुर–६ की गुलसन खातुन (१४), सप्तरी लोहजार–१ का रामनाथ मेहता (४०), झापा कनकाई नगरपालिका–८ का योगेन्द्र रायमाझी (४६), सप्तरी कुसाह– २ का सुनिल चौधरी (४२), उदयपुर रौता ९ मुर्कुचिका हिरामाया तामाङ (४०), सिन्धुली पिपलमाडिका उमेश गोले (२४), उदयपुर गाईघाट ९ की रेजिना मगर (२५), सुनसरी इटहरी नगरपालिका–१ का बद्री खड्का, उदयपुर भोटार–८ औखरेका टंक बहादुर तामाङ (५०) र उदयपुर गाईघाट ८ की पार्वती चौधरी (२२) छन् ।
त्यस्तै मोरङ बेल्बारी–४ का उमेश श्रेष्ठको भने आँखा अस्पताल हेटौडामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बामदेव गौतमले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १६ जना सामान्य उपचारपछि घर फर्केका छन् ।