दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान
जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगकाअनुसार देशभर शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान चलिरहेको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मतदान जारी छ ।
४५ जिल्लाका सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको छ ।
आयोगले मतदान गरेर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरेको छ ।
आज १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्दैछन् ।
*सच्याइएको