मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु
पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।
कुमालले छोराको सहाराले मतदान गरेका थिए । रासस