बारामा १०६ वर्षीया वृद्धाले मतदान गरिन
बारामा १०६ वर्षीया वृद्धा पवित्रा उपाध्यायले मतदान गरेकी छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको औराहा मतदान केन्द्रबाट उपाध्यायले मतदान गरेकी हुन् ।
उनलाई छोरा होमनाथ उपाध्याय र नाती टीका पौडेलले बोकेर मतदानस्थलसम्म पु्र्याएका थिए ।
बाराका अधिकांश मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान शुुरु भएको छ । चिसोका कारण केही मतदान केन्द्रमा भने आधा घण्टा ढिला मतदान शुरु भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय बाराकाअनुसार ३०३ मतदान स्थलबाट कुल ३ लाख ४९ हजार ९४७ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।
श्याम गुप्ता, बारा