देशभर शान्तिपूर्ण रुपमा मतदान जारी
देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
दोस्रो चरण अन्तर्गत आज पहाडी र तराईका ४५ जिल्लामा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जनाएको छ ।
आयोगले मतदानमा सहभागी भएर मताधिकारको प्रयोग गर्न आह्वानसमेत गरेको छ ।
निर्वाचनका लागि देशभर दुई लाख सुरक्षाकर्मी परिचालित भएका छन् ।
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् ।