समाचारबिहिवार, मंसिर २१, २०७४

११ बजेसम्म पच्चिस प्रतिशत मतदान

हिमालखबर

आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

तस्वीरः जियालाल साह

आज देशका ४५ जिल्लामा बिहान सात बजेदेखि मतदान शुरु भएको हो ।

निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्दैछन् ।

आज प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ ।

मतदान बेलुका ५ बजेसम्म गर्न सकिने आयोगले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस