समाचारबिहिवार, मंसिर २१, २०७४

पर्सामा शान्तिपूर्ण रुपमा निर्वाचन हुँदै

हिमालखबर

पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

तस्वीरहरु: जियालाल साह

पर्साका १६७ वटै मतदानस्थलमा चिसोका कारण बिहान करीब आधा घण्टापछि मात्रै मतदान शुरु गरिएको हो ।

निर्वाचन आयोगले देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको छ ।

सुरक्षाको प्रभावकारी व्यवस्थापन गरिएकोले निर्धक्क भएर मतदानमा सहभागी हुन पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले आह्वान गरेका छन् ।

जियालाल साह, पर्सा

 

प्रतिकृया दिनुहोस