समाचारबिहिवार, मंसिर २१, २०७४

शव बोकेरै मतदान गर्न पुगे मलामी

हिमालखबर

पाल्पाकाे रिब्दीकोट गाउँपालिका–७ हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि मलामीहरु शव बोकेरै मतदान गर्न पुगेका छन् ।

हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामीहरु शव बोकेरै मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मृतकका छोरा युद्धराज गैरेलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् । रासस

प्रतिकृया दिनुहोस