समाचारबिहिवार, मंसिर २१, २०७४

शीर्ष नेताद्वारा मतदान (फोटो फिचर)

हिमालखबर

आम निर्वाचन शुरु भएसँगै देशका विभिन्न स्थानबाट शीर्ष नेताहरुले मतदान गरेका छन् ।

तनहुँको सत्यवती मावि केन्द्रमा मतदान गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल । तस्वीरः रासस

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराबाट मतदान गर्ने तयारीमा छन् ।

पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुरबाट मतदान गरेका छन् ।

चितवनको आधारभूत विद्यालय केन्द्रमा मतदान गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल । तस्वीरः रासस

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँबाट, एमाले उपाध्यक्ष भीम रावलले अछामबाट, एमाले नेता सुवासचन्द्र नेम्वाङले इलामबाट र शंकर पोखरेलले दाङबाट मतदान गरेका छन् ।

त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले पनि मकवानपुरबाट मतदान गरेका छन् ।

अछामको चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै एमाले उपाध्यक्ष भीम रावल । तस्वीरः रासस

विभिन्न दलका अरु शीर्ष नेताहरु मतदान गर्ने तयारीमा छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ को स्काइलार्क स्कूल केन्द्रमा मतदान गर्दै एमाले महासचिब ईश्वर पोखरेल । तस्वीरः लोकेन्द्र केसी

 

दाङबाट मतदान गर्दै एमाले नेता शंकर पोखरेल । तस्वीरः पोखरेलको फेसबुक
मकवानपुरको बंशगोपाल बहुमुखी क्याम्पस चौघडा केन्द्रबाट मतदान गर्दै राप्रपा अध्यक्ष कमल थापा । तस्वीरः थापाको ट्विटर

प्रतिकृया दिनुहोस