समाचारबिहिवार, मंसिर २१, २०७४

माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान

हिमालखबर

तस्वीर: रासस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुरमा मतदान गरेका छन् ।

वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दाहालले आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका हुन् ।

त्यसैगरी दाहालका प्रतिस्पर्धी एवं लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले पनि भरतपुर वडा नं २७ जानकी मावि केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस