समाचारबिहिवार, मंसिर २१, २०७४

दोस्रो चरणको निर्वाचन शुरु

हिमालखबर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४५ जिल्लामा मतदान शुरु भएको छ ।

कैलाली क्षेत्र नं. ५ को धनगढी नगरपालिका मतदान केन्द्रमा मतदाता । तस्वीरः बच्चु विक

प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने छ ।

रुपन्देहीको बुटवलमा मतदाता । तस्वीरः दीपक ज्ञवाली

दोस्रो चरणको यो निर्वाचनका लागि सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।

आज ४५ जिल्लाका एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्दैछन् ।

प्रतिकृया दिनुहोस