समाचारबुधवार, मंसिर २०, २०७४

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान

हिमालखबर

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले मतदाताहरुलाई आह्वान गरेको छ ।

आज निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र सुरक्षाको प्रभावकारी व्यवस्था मिलाएको भन्दै ढुक्क भएर मतदान गर्न आह्वान गरेका हुन् ।

भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभाका २५६ क्षेत्रमा निर्वाचन हुँदैछ ।

त्यस्तै डा. यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन उम्मेदवारहरुलाई पनि आह्वान गरेका छन् ।

निर्वाचन आयोगले बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानका लागि समय तोकेको छ ।

 

प्रतिकृया दिनुहोस