ब्यांक अफ दी इएर २०१७ को उपाधि एनएमबी ब्यांकलाई
सन् २०१७ को ब्यांक अफ दी इएरको उपाधि एनएमबी ब्यांकले पाएको छ ।
प्रत्येक वर्ष लण्डनको फाइनान्सियल टाइम्सले उत्कृष्ट वाणिज्य ब्यांकलाई ब्यांक अफ दी इएरको उपाधि दिंदै आएको छ ।
एनएमबी ब्यांकले एफएमओ नेदरल्याण्डस्सँग विदेशी साझेदारका रुपमा सहकार्य गर्दै आएको छ । त्यस्तै एनएमबी ब्यांक ग्लोबल एलायन्स फर ब्यांकिङ अन भ्यालुज (जिएबीभी) को सदस्य समेत हो ।
ब्यांकले शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, वित्तीय कार्यक्षमतालगायत मानकहरुको आधारमा उत्कृष्ट ब्यांक छनोट गरेकाे फाइनान्सियल टाइम्सले जनाएको छ ।