समाचारबुधवार, मंसिर २०, २०७४

शिवपुजनको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

हिमालखबर

सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सर्लाही क्षेत्र नं. ४ बाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । 

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो । 

यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले ११ मंसीरमा उम्मेदवारी खारेज गरेको थियो । यादव सर्लाही निर्वाचन क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिए । 

सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले १२ मंसीरमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि आजलाई बोलाएको थियो । 

प्रतिकृया दिनुहोस