समाचारबुधवार, मंसिर २०, २०७४

निर्वाचन विरोधि गतिविधिमा संलग्न एक हजार जना प्रक्राउ

हिमालखबर

भोलि, २१ मंसीरमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन विरोधि क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरबाट ९५७ जनालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमध्ये नेकपाका ६०० कार्यकर्ता र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जना रहेका छन् । पक्राउ पर्नेमा केही भारतीय नागरिकसमेत रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले निर्वाचनको सुरक्षाका लागि देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस