समाचारमंगलवार, मंसिर १९, २०७४

इलामको एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

हिमालखबर

२१ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।

इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए ।

रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत सरिता स्याङतान, सहायक मतदान अधिकृतमा विनिता शाह, सहायक कर्मचारीहरूमा रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरूङ तथा सहयोगी कर्मचारीहरूमा इन्द्रकला घिमिरे र तारादेवी बस्नेतलाई खटाइएको छ ।

चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् । रासस

प्रतिकृया दिनुहोस