निर्वाचनले बढायो फूलको व्यापार
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण अहिले दैनिक पाँच करोड मूल्य बराबरको फूलको कारोबार भइरहेको छ ।
अन्य समयमा दैनिक दुई करोड रुपैयाँ बराबरको फूलको कारोबार भएपनि निर्वाचनका कारण फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
चुनावी अभियानमा नेता–कार्यकर्ताले लगाउन तथा समारोह स्थललाई सजाउनको लागि फूलको प्रयोग भइरहेको छ ।
अघिल्ला वर्षमा रु एक अर्ब ७१ करोडको फूलको कारोबार भएको थियो । तर, यो वर्ष दुई अर्ब बढी कारोबार हुने एशोसिएशनले अनुमान गरेको छ ।
अहिले सबैभन्दा धेरै सयपत्रीको माग बढेको श्रेष्ठले जानकारी दिए । रासस