थप समाचारआइतवार, मंसिर १७, २०७४

नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

हिमालखबर

काठमाडौं निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

आज काठमडौंका एक कार्यक्रमको आयोजना गरी उनले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा एमालेमा औपचारिक रुपमा प्रवेश गरेको घोषणा गरेका हुन् । 

नयाँ शक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका सिंखडालाई एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए  ।

नेता नेपालले मुलुकको समृद्धि र विकासका लागि सम्पूर्ण कम्युनिष्ट एकताबद्ध हुनुपर्ने बताए  । 
रासस

प्रतिकृया दिनुहोस