डिभाइन वाइनको नयाँ योजना
डिभाइन वाइनको आधिकारिक विक्रेता महाकाली वाइन प्रा.लिले नयाँ वर्ष २०१८ लाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत डिभाइन वाइनका प्रयोगकर्तामध्ये एकजनाले हरेक हप्ता मोटोरोला स्मार्टफोन र हरेक १५ दिनमा स्काईवर्थको ३२ इन्च एलइडी टेलिभिजन उपहार पाउनेछन् ।
त्यसैगरी बम्पर उपहार स्वरुप एकजना ग्राहकले थाइल्याण्ड घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
विजेताको छनोट ‘लक्की ड्र’मार्फत गरिने छ । योजना १५ मंसीरदेखि १७ माघसम्म लागू हुने कम्पनीले जनाएको छ ।