किन्ले बोटल वाटर नेपालमा
कोकाकोला नेपालले आफ्नो किन्ले ब्राण्डको पानी (बोटल वाटर) सार्वजनिक गरेको छ ।
किन्ले बोटल वाटरले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको कम्पनीले जनाएको छ । किन्ले स्टेट अफ आर्ट टेक्नोलोजीमा आधारित भएर उत्पादन गरिएको छ ।
यसमा प्रयोग हुने पानी आठ चरणमा प्रशोधन गरिएको कम्पनीको दाबी छ ।
एक लिटरको किन्ले बोतलको मूल्य रु. २५ तोकिएको छ ।