कोका–कोला कपका विजेता पुरस्कृत
कोका–कोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) र युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको कोका–कोला कप २०७३ सम्पन्न भएको छ । प्रतियोगिताका छात्रातर्फ चुली उच्च माध्यमिक विद्यालय, झापा र छात्रातर्फ दुर्गा उच्च माध्यमिक विद्यालय, रौतहट विजयी भएका छन् ।
बिजेताहरुले रु. ३ लाख प्राप्त गरेका थिए । त्यस्तै पहिलो, दोस्रो तथा तेस्रो रनर अपले क्रमशः रु १ लाख, रु.५० हजार तथा रु २५ हजार प्राप्त गरे । व्यक्तिगत बिधातर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट फरवार्डरहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
एन्फा कम्प्लेक्समा ४ असोजमा आयोजित समारोहमा विजेताहरूलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा ११२ विद्यालयका करिब दुई हजार विद्यार्थी सहभागी थिए ।
यो वर्षको प्रतियोगिता तीन तहमा वर्गिकरण गरिएको थियो । जस अनुसार जिल्ला तह (७ जेठ–२ असार), क्षेत्रिय तह (५ –१५ भदौ) तथा राष्ट्रिय तह (२० भदौ–५ असोज) सञ्चालन भएको थियो ।
२०६३ सालदेखि शुरु भएको प्रतियोगितामा धेरै राष्ट्रिय प्रतिभाहरू सहभागी भएका छन् । विशाल राई, विकेस कुथु, रविन श्रेष्ठ, हेमन गुरुङ्ग, बिमल घर्ति मगर, आदित्य चौधरी, अनन्त तामाङ्ग र अन्जन बिष्टले कोका कोला कपमा खेलिसकेका छन् ।
कार्यक्रममा कोकाकोलाका कन्ट्रि डाइरेक्टर अलोक कोहली, एन्फाका महासचिव धिरेन्द्र प्रधान, बोटलर्स नेपालका निर्देशक पुनित भार्शने लगायतले मन्तब्य व्यक्त गरेका थिए ।