नेबिकोको सुगर फ्रि बिस्कुट बजारमा
नेबिको प्रा.लिले सुगर फ्रि क्रेकर बिस्कुट बजारमा ल्याएको छ ।
बिस्कुटमा चिनीको प्रयोग नगरेको तर फुड ग्रेड स्विटर प्रयोग गरी गुलियो बनाइएको कम्पनीले जनाएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सुगर फ्रि बिस्कुट ल्याएको र यसलाई मधुमेहका बिरामीले समेत प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ ।
बिस्कुटमा क्यालोरिको मात्रा अत्यन्तै कम रहेको नेबिकोले जनाएको छ ।
३५० ग्राम बिस्कुटको बजार मूल्य १०० तोकिएको छ ।