जेलबाटै चुनावी प्रचार
प्रतिनिधिसभा सदस्यका लागि कैलाली–५ बाट उम्मेदवार लक्ष्मण थारु (चौधरी) जेलबाटै चुनावी प्रचार गरिरहेका छन् ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार थारु टीकापुर घटनामा संलग्न रहेको आरोपमा दुई वर्षदेखि कारागारमा छन् ।
१२ मंसीरमा हिमालखबरसँग कुरा गर्दै थारुले भने, “यहीँबाट प्रचार गरिरहेको छु, थुनामा भए पनि गाह्रोे छैेन् ।” उनले थुनामा भएकाले जनताको माया झन धेरै पाइरहेको दाबी गरे ।
गाउँमा आफ्नो दलका अन्य नेता कार्यकर्ताले चुनाव प्रचार प्रसार समिति बनाएर प्रचार गरिरहेको र यहाँ (जेल) बाट आफूले टेलिफोनमार्फत निर्देशन दिइरहेको उनले बताए ।
“बिहान ९ देखि दिउँसो ४ बजेसम्म फोन गर्छु” प्रतिनिधिसभा उम्मेदवार थारु भन्छन, “बिहान ७ देखि साँझ ५ बजेसम्म दैनिक एकसय जना जति भेटघाट गर्न आइरहेका छन्, उनीहरु मार्फत आफ्ना कुरा मतदातासम्म पु¥याइरहेको छु ।”
नेपालमा जेलबाटै चुनाव जित्ने आफू पहिलो व्यक्ति हुने दावी गर्दै थारुले भने, “सत्ता, शक्ति र पैसाले चुनाव आफ्नो पक्षमा पार्ने खेल हुदैछ, त्यसलाई रोक्नुपर्छ ।”
कैलाली–५ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका आरजू राणा, वाम गठबन्धनबाट एमालेका नारदमूनि राना र विवेकशिल साझाका दिनेश भण्डारी प्रतिस्पर्धामा छन् ।
बच्चु विक, कैलालीबाट