कांग्रेस नेता सिटौलाको घरमा विष्फोट
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको झापा, चन्द्रगढीस्थित निवासमा बम विष्फोट भएको छ ।
राति करिब १२ः४५ बजे सिटौलाको घर पछाडिको पर्खालमा विष्फोट भएकोे तर कसले गराएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मध्यरातमा विष्फोटको आवाज तीन किलोमिटर टाढासम्म सुनिएको थियो ।
यसैबीच झापा प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ ।
केहीदिन अघि नेकपा एमालेका अध्यक्ष केपी ओलीको दमक ५स्थित निवास र अर्जुनधारा नगरपालिकास्थित कांग्रेस झापाका अध्यक्ष उद्धव थापाको निवासमा पनि विष्फोट भएको थियो ।
विष्फोटबाट मानवीय क्षती भएको छैन ।
यसैबीच जिल्लास्थित नेताहरुका निवास र उम्मेद्वारहरुको सुरक्षामा विशेष सतर्कता अपनाइएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् ।
उनले उम्मेद्वारहरु र जरुरी ठानिएका निजी र सार्वजनिक भवनहरुको सुरक्षाका लागि टोली परिचालन गरिने पनि जानकारी दिएका छन् ।
गोपाल गडतौला, झापा