हुम्लामा तारा एयरको विमान दुर्घटना
हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।
आज बिहान नाइन एन–एबिएम कलसाइनको ट्वीनअटर विमान धावनमार्गमा दुर्घटना भएको हो ।
हुम्लाबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेका थिए ।
दुर्घटनामा मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस