मतदाता शिक्षा कमजोर भएको स्कोप नेपालको ठहर
१० मंसीरमा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाता शिक्षा कमजोर भएको पर्यवेक्षणमा खटिएको संस्था स्कोप नेपालले ठहर गरेको छ ।
मतपत्र तीन रंगमा उपलब्ध भएपनि कुन मतपत्र प्रदेश र कुन प्रतिनिधिसभामा प्रयोग हुने भन्नेमा नै मतदाता अलमल भएको स्कोप नेपालले जनाएको हो ।
निर्वाचन प्रक्रियामा संलग्न अधिकारीहरुको नै निर्वाचनमा प्रयोग भएका सामाग्रीका कारण असहजता भएको गुनासो थियो । समानुपातिकतर्फको मतपेटिका सानो हुँदा व्यवस्थापनमा कठिनाइ भएको कर्मचारीहरुले बताएका थिए ।
मतदाता शिक्षा प्रभावकारी नभएकै कारण मतदाताहरुले समानुपातिकको मतपत्रमा एकठाउँ मात्र मत चिह्न लगाएको स्कोप नेपालले बताएको छ ।
पहिलो चरणअन्तर्गत सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, म्याग्दी, रसुवा, बैतडी, बाग्लुङ, दोलखा, लमजुङ, रोल्पा र दार्चुला जिल्लामा स्कोप नेपालले पर्यवेक्षण गरेको थियो ।
छिटपुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा भएको र आवधिक निर्वाचनले जनतालाई अधिकार सम्पन्न बनाउने स्कोप नेपालले बताएको छ ।