दुई हजार ५७ स्थलका मतपेटिका जिल्ला सदरमुकाममा
निर्वाचन आयोगले अहिलेसम्म दुई हजार ५६ मतदान स्थलका मतपेटिका सदरमुकाममा संकलन भइसकेको जनाएको छ ।
१० मंसीरमा सम्पन्न पहिलो चरण अन्तर्गत ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमा मतदान भएको थियो ।
निर्वाचन आयोगकाअनुसार ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट र ७४१ स्थलका मतपेटिका स्थलमार्गबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।
पहिलो चरणमा हिमाली र उच्च पहाडी भेगका ३२ जिल्लामा ६५ प्रतिशत मतदान भएको थियो ।