समाचारसोमबार, ११ मंसिर , २०७४

जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट

हिमालखबर

मतपेटिका लिएर सदरमुकाम जाँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराइएको छ ।

आज कुशे गाउँपालिका–१ को रोलखोलामा बम विस्फोट भएको हो ।

सदरमुकाम जाँदै गरेको टोलीले कुशे गाउँपालिकाको मतपेटिका बोकेको थियो ।

विस्फोटबाट मतपेटिका बोकेका शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

मतपेटिका सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पु¥याउने उनले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस