समाचारसोमबार, ११ मंसिर , २०७४

मत सर्वेक्षण गर्न नपाइने प्रमुख निर्वाचन आयुक्तको भनाइ

हिमालखबर

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मत सर्वेक्षण गर्न नपाइने बताएका छन् ।

यादवले १० मंसीरमा पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको हुँदा दोस्रो चरणको लागि मत सर्वेक्षण गर्न नपाइने बताएका हुन् ।

आज निर्वाचन आयोगमा पत्रकारहरुसँग बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत भएको बताए ।

मनोनयन दर्ता भएको समयदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता विपरीत कसैले मत सर्वेक्षण गरेको पाइएमा कारबाही हुने जानकारी दिए ।

मत सर्वेक्षणको नतिजालाई सञ्चारमाध्यममा स्थान नदिनसमेत प्रमुख आयुक्त यादवले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस